नेपाली भाषामा प्रभु येशू ख्रीष्टको सुसमाचार (The Gospel in Nepalese)

“सुरुमा जब परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो,”
(उत्‍पत्ति 1:1)

“किनभने सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमाबाट टाढिएका छन्।”
(रोमी 3:23)

“पापले आफ्‍नो कमारालाई दिने ज्‍यालाचाहिँ मृत्‍यु हो, तर हाम्रा प्रभु येशू ख्रीष्‍टमा अजम्‍मरी जीवन जिउनुचाहिँ सित्तैमा दिइने परमेश्‍वरको दान हो।”
(रोमी 6:23)

“मैले पाएको यो मुख्‍य कुरो नै तिमीहरूलाई दिएको हुँ। त्‍यो हो, धर्मशास्‍त्रले भनेझैँ ख्रीष्‍ट हाम्रा पापको लागि मर्नुभयो। उहाँ गाडिनुभयो, धर्मशास्‍त्रले भनेझैँ तेस्रो दिनमा फेरि बिउँतनुभयो।”
(१ कोरिन्थी 15:3‭-‬4)

“किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको आज्ञा नमान्‍नेले चाहिँ कहिल्‍यै पनि अनन्त जीवन पाउनेछैन। तर परमेश्‍वरको क्रोध उसमाथि परिरहन्‍छ।”
(यूहन्‍ना 3:16, ‬36)

“येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, नयाँ गरी नजन्‍मिएसम्‍म कसैले पनि परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”
(यूहन्‍ना 3:3)

“आ-आफ्‍नो पाप मानिलेऊ र त्‍यो छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।”
(मत्ती 3:2)

“तिमीहरू आफ्‍नो मुखले येशू नै प्रभु हुनुहुन्‍छ भनेर अरूलाई भन्‍छौ भने अनि परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिमीहरू बाँच्‍नेछौ”
(रोमी 10:9)